Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गुल्मी

तम्घास गुल्मी

Visit Nepal 2020 - Ministry of Home Affairs

एकीकृत घुम्ति सेवा संचालन सम्बन्धी सूचना


एकिकृत घुम्ती सेवा सेवा सञ्‍चालन सम्बन्धी सूचना

जनताको घरदैलोमा सेवाप्रवाह पुर्‍याउने उदेश्यानुसार जिल्ला प्रशासन कार्यालय गुल्मीको आयोजना तथा मालिका गाउँपालिकाको सहयोग र समन्वयमा यहि मिति २०७६ बैशाख २४ गते  दर्लिङ्ग,  २५ गते अर्खावाङ्ग र २६ गते घमिर मा ३ (तीन) दिने एकिकृत घुम्ती सेवा सञ्‍चालन हुने भएको हुँदा उपस्थितिको लागि सम्बन्धित सबै सरोकारवालाहरूलाई यो सूचना प्रकाशन गरिएको छ ।

मालिका गाउँपालिकाको विभिन्न स्थानमा संचालन हुने एकीकृत घुम्ती सेवामा निम्मानुसारका सेवाप्रदायकहरुको सार्वजनिक सेवा उपलब्ध हुने ।

                    सेवाप्रदान गर्ने निकाय          सेवा

  1. जिल्ला प्रशासन कार्यालय – नेपाली नागरिकताको प्रमाण पत्र वितरण गर्ने ।
  2. जिल्ला निर्वाचन कार्यालय – फोटोसहितको मतदाता नामावली दर्ता गर्ने ।
  3. जिल्ला प्रहरी कार्यालय – समूदाय प्रहरी साझेदारी कार्यक्रम
  4. नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्र – नि:शुल्क मिटरबक्स वितरण, नामसारी र महशुल संकलन (घमिर-मर्भुङ्ग र छापहिलेको लागि मात्र)