Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गुल्मी

तम्घास गुल्मी

Visit Nepal 2020 - Ministry of Home Affairs

एकीकृत घु्म्ती सेवा सम्पन्न

2 महिना अगाडी

2076-01-29


एकीकृत घुम्ती सेवा सम्पन्न ।

नागरिकको घरदैलोमा सरकारी सेवा पुर्‍याउने उदेश्यअनुसार जिल्ला प्रशासन कार्यालय गुल्मीको आयोजनामा जिल्लास्थित विभिन्न सेवाप्रदायकहरुको एकीकृत घुम्ती सेवा २०७५ फागुन २२, २३ गते  कालिगण्डकी गाउँपालिकाको पूर्तिघाट,  २०७५ चैत्र ७ र ८ गते चन्द्रकोट गाउँपालिकाको शान्तिपूर, २०७६ बैशाख १२ र १३ गते मदाने गाउँपालिकाको पूर्कोटदह,  २०७६ बैशाख २४ गते मालिका गाउँपालिकाको दर्लिङ्ग, २०७६ बैशाख २५ गते मालिका गाउँपालिकाको अर्खावाङ्ग र २०७६ बैशाखा २६ गते मालिका गाउँपालिकाको घमिरमा एकीकृत घु्म्ती सेवा सम्पन्न गरिएको थियो । कालिगण्डकी गाउँपालिका वडा नं. ६ खड्गकोट निवासी १०१ वर्षीय जेष्ठ नागरिक पविकला थापाले  सबै भन्दा जेष्ठ उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नु भएको थियो । कालिगण्डकी / चन्द्रकोट / मदाने/मालिका गाउँपालिकाका प्रमुखज्यूहरु लगायत गाउँपालिका परिवार¸ स्थानीय राजनैतिक दल¸ समाजसेवी र आम जनताहरुको अहोरात्रको सहयोग¸ सद्‍भावप्रति हार्दिक आभार व्यक्त गर्दछौ ।

घुम्ती सेवाको प्रगती विवरण

 

सि.नं. विवरण घुम्ति सेवा संचालन स्थान
कालिगण्डकी चन्द्रकोट मदाने मालिका  कुल जम्मा
पुरुष महिला जम्मा पुरुष महिला जम्मा पुरुष महिला जम्मा पुरुष महिला जम्मा पुरुष महिला जम्मा
नेपाली नागरिकताको प्रमाण पत्र २१९ ३१६ ५३५ ११२ २२१ ३३३ १८९ ३२१ ५१० १४१ २६० ४६४ ६६१ १११८ १७७९
फोटोसहितको मतदाता नामावली संकलन १२८ १४२ २७९ १८८ १८७ ३७५ १९१ २२३ ४१४ १८२ २८२ ४६४ ६८९ ८३४ १५२३
स्वास्थ्य परिक्षण     २३५     १३५ - - -           ३७०
सिमकार्ड वितरण     २८०           ३००       ५८०
विउपल वितरण     ३००     २२९     २५५       ७८४
कृषि परामर्श     १३३     १३०     १४५         ४०८
वनडढेलो नियन्त्रण र वातावरण संरक्षण सम्बन्धी परामर्श     १५०     १२०     २६८           ५३८
उद्योत तथा बाणिज्य दर्ता     १५     ३०               ४८
उद्योत तथा बाणिज्य नविकरण     १०     १०     -           २०
१० नेपाल विद्युत प्राधिकरण गुल्मी - - - - - - - - ३५७     ६९ - - ४२६


तस्विरहरु