Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Gulmi

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Gulmi

Monday, Ashadh 01, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

जिल्ला परिचय 2076-05-17

जिल्लाको सामान्य परिचय

रेसुङ्गा, रुरु, रिडि जस्ता पवित्र र ऐतिहासिक स्थानहरु रहेको गुल्मी महत्वपूर्ण पहाडी जिल्ला हो । संस्कृत भाषामा सैनिक वा पल्टन भएको ठाउंलाई गुल्म भनिने र सामरिक महत्व बोकेको हालको गुल्मी क्षेत्रमा पनि लिच्छविकाल र मध्यकालमा सैनिक छाउनी रहेकोले यसलाई गुल्मी भनी नामाकरण गरिएको हो भन्ने भनाइ रहेको छ । पूर्वमा स्याङ्जा र पर्वत, पश्चिममा प्यूठान, उत्तरमा बागलुङ र दक्षिणमा पाल्पा तथा अर्घाखाँचीको सीमाभित्र यो जिल्ला रहेको छ । कुल ११४९ वर्ग कि. मि.  क्षेत्रफल रहेको यस जिल्लामा २०६८ सालको जनगणना अनुसार करीब ६५ हजार घरधुरी र जनसंख्या २¸८०¸१६० (४३.१८% पुरुष र ५६.८२% महिला) रहेको छ । जिल्लाका ७२.५% मानिसहरु साक्षर रहेको विवरण तथ्छयाङ्कले देखाएको छ । राज्य पुनर्संरचनाका सन्दर्भमा २ वटा नगरपालिका (रेसुङ्गा र मुसिकोट) तथा १० वटा गाउँपालिका (कालिगण्डकी¸ सत्यवती¸ चन्द्रकोट¸ रुरुक्षेत्र¸ छत्रकोट¸ गुल्मीदरबार¸ इश्मा¸ धुर्कोट¸ मदाने र मालिका) सहित १२ स्थानीय तह कायम भएका छन् भने प्रतिनिधि सभामा निर्वाचन क्षेत्र २ वटा र प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र ४ वटा रहेका छन ।

यहाँका प्रमुख जातिहरुमा ब्राह्रमण, क्षेत्री, मगर, नेवार आदि पर्दछन् । २०६८ सालको जनगणना अनुसार जिल्लामा बाह्रमण २८.५%, क्षेत्री २३.१%¸ ‍मगर १९.९%¸ कामी ९.५%¸ सार्की ३.४%¸ दमाई ३.२%¸ कुमाल २.५%¸ नेवार १.८%¸ सन्यासी १.६%¸ ठकुरी १.२% अन्य ५.३% रहेका छन् । यसैगरी हिन्दु ९६.७८%, बौद्ध २.७८%, क्रिश्चियन ०.२०%, इश्‍लाम ०.१५%, प्रकृति पूजक ०.०१% र अन्य ०.०८% रहेका छन् ।

जिल्लाको पूर्वबाट कालीगण्डकी नदी बहन्छ भने बढीगाढ जिल्लाको विच भएर बगेको छ । यसका साथै निस्ती छल्दी पनाह लगायतका खोलाहरु पनि रहेका छन् । जिल्लाको मुख्य पेशा कृषि रहेको र कृषियोग्य जमीनको उपलब्धता ६८.५७% रहेको छ भने सरकारी सेवामा पनि गुल्मीबाट उल्लेखनीय उपस्थिति रहेको देखिन्छ । जिल्लाका प्रमुख बालिहरुमा धान, मकै, गहुँ, कोदो आदि हुन् । नेपालमा कफीको पहिलो व्यवसायिक उत्पादन भएको जिल्लाको रुपमा पनि गुल्मीलाई चिनिन्छ ।  भारतीय तथा ब्रिटिश सेनामा लाहुरे हुने तथा वैदेशिक रोजगारमा जानेको संख्या पनि उत्तिकै रहेको पाइन्छ ।

 

 


Last Updated : 2083-02-06 16:43:02

© All Rights Reserved to District Administration Office, Gulmi .