राहदानी शाखा कोठा नं. १०३
नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय, गुल्मी
नागरिक बडापत्र (Citizen Charter)
| क्र.सं. | सेवा सुविधाहरुको विवरण | आवश्यक पर्ने कागजातहरु/प्रमाणहरु | लाग्ने समय | लाग्ने शुल्क | जिम्मेवार कर्मचारी/शाखा | गुनासो सुन्ने अधिकारी | कैफियत | कोठा नं. |
| राहदानी सम्बन्धीः- | ४ | |||||||
| १ | राहदानी | १. राहदानी आवेदन फाराम २ प्रति भरी फोटो समेत टाँसी स्वयम् आवेदकले सही गरी निम्न प्रमाणसाथ पेश गर्नुपर्नेः- क. ना.प्र.को सक्कल र प्रतिलिपि १ प्रति । ख. ४ प्रति पासपोर्ट साइजको फोटो । ग. केरमेट भएको वा म्याद सकिएको भए त्यस्तो सक्कलै राहदानी । घ. बसाइ सरी आएकाको हकमा बसाई सराईको प्रमाण र स्थायी बसोवास खुल्ने जग्गाधनी/घरबासको प्रमाण ङ. विवाह भै आएको महिलाको हकमा विवाह दर्ता प्रमाण र पतिको नागरिकता । च. कर्मचारी वा कर्मचारी परिवारको हकमा कार्यालयको सिफारिस समेत । | राहदानी विभागबाट प्राप्त हुनासाथ | - सामान्य प्रक्रियाको लागि रु ५०००।–
- द्रुत राहदानीको लागि राहदानी विभागमा नै रु १००००।– १२०००।- वा १५०००। राजश्व बुझाउनु पर्नेछ | प्र.अ. /स.प्र.जि.अ शाखा हेर्ने ना.सु. | प्र.जि.अ. | अन्यत्र जिल्लाबाट बसाई सरी आएको भए नागरिकताको अभिलेख बुझेर मात्र राहदानीका लागि सिफारिस गरिनेछ | |
| २ | नाबालिग परिचयपत्रको आधारमा राहदानी | १. राहदानी आवेदन फाराम ३ प्रति भरी फोटो समेत टाँसी निम्न प्रमाणहरु साथ पेश गर्नुपर्नेछः- २.. सक्कल नाबालिक परिचयपत्र र सो को २ प्रति प्रतिलिपि । ३. बाबु वा आमाको ना.प्र.प. को प्रतिलिपि । ४. बाबु वा आमाको विवाह दर्ताको प्रतिलिपि । ५. नाबालिकको हकमा अभिभावकसँगको नाता प्रमाणित । ६. प्रति पासपोर्ट साइजको फोटो । ७. बसाइ सरी आएकाको हकमा बसाई सराईको प्रमाण र स्थायी बसोवास खुल्ने जग्गाधनी/घरबासको प्रमाण | राहदानी विभागबाट प्राप्त हुनासाथ | - १० वर्ष मूनीको लागि रु. २५०० र सोभन्दा माथि रु. ५०००।-
- द्रुत राहदानीको लागि राहदानी विभागमा नै तोकिएको राजश्व बुझाउनु पर्नेछ | प्र.अ. /स.प्र.जि.अ शाखा हेर्ने ना.सु. | प्र.जि.अ. | हराएको केरमेट भएको हकमा यस कार्यालयबाट राहदानी बनाउँदा रु १००००।- र राहदानी विभागबाट बनाउँदा रु १५०००।- राजश्व बुझाउनु पर्नेछ । | |
| ३ | राहदानीमा संशोधन गर्नुपर्ने अवस्था | जन्म मिति, नाम, थर, ठेगाना, पेशा आदि जुन विषयमा संशोधन गर्नुपर्ने हो सो को प्रमाणको प्रतिलिपि, सक्कल राहदानी, र सो को प्रतिलिपि पेश गरी स्वयमले यो बारेमा संशोधन गरी पाउँ भनी निवेदन दिने । | सोही दिन राहदानी विभागमा सिफारिस गरिने | नियमानुसार | प्र.अ. /स.प्र.जि.अ शाखा हेर्ने ना.सु. | प्र.जि.अ. | " | |
प्रमुख जिल्ला अधिकारी : मोबाइल ९८५७०१७७७७ नोटिस बोर्ड नः १६१८०७९५२०८३३ सूचना अधिकारी: ९८५७०७९०११ फ्याक्सः ०७९५२०२४२/५२०२८४ Website: daogulmi.moha.gov.np Email: daogulmi2046@gmail.com Face book: facebook.com/daogulmi Twitter: twitter.com/daogulmi | गृह मन्त्रालय सिंहदरबार कन्ट्रोल ०१-४२११२०८ | |||||||
नोट:
ना.प्र. ….. ….. ….. ……. नागरिकता प्रमाणपत्र
स.प्र.जि.अ. …… ……. सहायक प्रमुख जिल्ला अधिकारी
प्र.अ. ………………… प्रशासकीय अधिकृत
न.पा. ……………… नगरपालिका
गा.पा. … …….. …. गाउँपालिका
