Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गुल्मी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गुल्मी

बिहीबार, जेष्ठ २८, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)।

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्ला परिचय 2076-05-17

गुल्मी जिल्लामा २ वटा नगरपालिका र १० गाउँपालिका गरी १२ वटा स्थानीय तहहरु क्रियासिल रहेका छन् भने यस अन्तर्गत ९३ वटा वडा कार्यालयहरु रहेका छन् । यो जिल्ला ५ नं. प्रदेश अन्तर्गत उत्तरी सिमानामा अवस्थित छ । संस्कृत भाषामा सैनिक वा पल्टनलाई गुल्म भनिने र सामरिक महत्व बोकेको हालको गुल्मी क्षेत्रमा पनि लिच्छविकाल र मध्यकालमा सैनिक गुल्म रहने भएकोले यसलाई गुल्मी भनी नामकरण गरिएको हो भन्ने भनाइ रहेको छ ।

जिल्लाको भौगोलिक अवस्थिति/सिमाना निम्न रहेको छ ।

क) अक्षांश :– २७° ५५’ देखि २८° २७’ सम्म उत्तरी अक्षांश
ख) देशान्तर :– ८३° १०’ देखि ८३° ३५’ सम्म पूर्वी देशान्तर
ग) उचाई :–  ४६५ मि. (रिडि) देखि २६९० मि. (थाप्लेको लेक)
घ) पूर्व पश्चिम सरदर लम्बाई :– ४० कि. मि.
ङ) उत्तर दक्षिण सरदर चौडाई :– ३० कि. मि.
च) क्षेत्रफल :– १,१४९ वर्ग कि. मि. (१,१४,९०० हेक्टर)
छ) सिमाना :– पूर्व :– स्याङ्जा, पर्वत पश्चिम :– प्यूठान उत्तर :– वाग्लुङ दक्षिण :– पाल्पा, अर्घाखाँची

भौगोलिक बनावटको आधारमा यस जिल्लालाई ३ क्षेत्रमा विभाजन गरिएको छ ।
क) उच्च भूमि :– ७००० फिट देखि ९००० फिट सम्मको उचाइ भएको पूर्व पश्चिम भई फैलिएको महाभारत श्रृंखला यस क्षेत्रमा पर्दछ । रेसुङ्गा लेक, थाप्लेको लेक, धार दिने गुफा यस क्षेत्रका प्रसिद्ध ठाउँहरू हुन ।
ख) मध्य पहाडी भूमि :– ३००० फिट देखि ७००० फिटसम्म उचाइ भएको भूभाग यस क्षेत्रमा पर्दछ । रेसुङ्गा नगरपालिका, इस्मा, धुर्कोट, गुल्मीदरबार, रुरु¸ मदाने यस क्षेत्रका प्रमुख स्थानहरू हुन् ।
ग) होचो समथर भू–भाग :– १५२५ फिटदेखि ३००० फिटसम्म उचाई भएको भूभाग यस क्षेत्रमा पर्दछ । चौरासी, मजुवा, जुहाङ, वामीटक्सार, पुर्तिघाट यस क्षेत्रका प्रमुख स्थानहरू हुन् ।


पछिल्लो अपडेट गरिएको : 2083-02-06 16:43:02

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, गुल्मी .