कालिगण्डकी २ अर्वेनीमा २०७७।१२।११ गते भएकाे आगलागी पिडित भएका परिवारलाई तत्काल राहत वितरण गरिएकाे
मिति २०७७ चैत ११ गते कालीगण्डकी गाउँपालिका वडा नं २ अर्वेनी भयकाेटमा अचानक भएको आगलागीबाट पूर्ण रूपमा क्षति भएका २ परिवारका १३ जनालाई तत्काल राहात उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन काेषबाट नगद रकम, गुल्मी उद्योग वाणिज्य संघ र ने.रे.साे.फाक्सिङ उपशाखाबाट खाद्यान्न, जिल्ला प्रशासन कार्यालयबाट लत्ताकपडा लगायत राहत सामग्री प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माकाे नेतृत्वमा सुरक्षा निकाका प्रमुख, स्थानीय जनप्रतिनिधि, पत्रकार, स्थानीय व्यक्तिहरु लगायतको सहभागितामा घटनास्थलको अवलोकन गरी पीडित परिवारलाई तत्काल राहत वितरण गरियाे।
