Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गुल्मी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गुल्मी

आईतवार, श्रावण १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सेवाग्राही महानुभावहरुसँग कार्यालयको अनुरोध

२०७६-०८-३० २०७६-०८-३०

  • जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने कुनै पनि सेवा वापत सेवाग्राहीले अतिरिक्त शुल्क तिर्नु पर्दैन । शुल्क तिरेपश्चात् अनिवार्य रुपमा बिल वा रसीद माग्नु पर्दछ ।
  • कार्यालयको कामका लागि कोही कसैलाई चिन्न, भनसुन गराउन वा सोर्स लगाउन जरूरी छैन । तपाई निवेदन लेख्न सक्नु हुन्न भने तपाँईको निवेदन हामी लेखिदिनेछौ । यसका लागि कार्यालयको नागरिक सहायता कक्षमा सम्पर्क गर्नुहोस ।
  • हामी सबै नागरिकलाई विना भेदभाव पालैपालो ( पहिले आउनेलाई पहिले सेवा दिने गरी ) सेवा उपलब्ध गराउछौ । आफ्नो पालो पर्खेर हामीलाई सहयोग गरिदिनु हुनेछ भन्ने आशा गर्दछौ ।
  • यस कार्यालयका कर्मचारीसँग राम्रो सम्बन्ध छ भनी काम मिलाई वा गरी दिन्छु भन्दै बिचौलियाको काम गर्ने व्यक्तिहरुको विश्वास नगर्नुहोस । यदि कसैले त्यस्तो गरेमा कार्यालयका अधिकृतहरुलाई जानकारी दिनुहोस ।
  • कामसँग सम्बन्धित कागजपत्रहरु असम्बन्धित व्यक्तिहरुलाई नदिनुहोस । आफ्नो  समस्या आफै निर्धक्कसाथ भन्नुहोस ।
  • कार्यालयका कर्मचारीहरु कानूनबमोजिम तपाईको सेवा गर्न हरदम प्रयत्नशील रहेका छन् । तपाईको सन्तुष्टि हाम्रो पनि सन्तुष्टि हो । 
  • स्थानीय तह वा अन्य निकायबाट सिफारिस भै आएका वा लेखिआएका काममा थप निवेदन जरुरी छैन ।
  • हामी ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्त र बालबालिकाका लागि प्राथमिकताकासाथ सेवा उपलब्ध गराउछौ ।
  • कुनै समस्या परेमा नागरिक सहायता कक्ष (हेल्प डेस्क) मा सम्पर्क गर्नुहोस । कार्यालयका कर्मचारीले कुनै काम अनावश्यक रुपमा ढीला गरिदिएमा वा अन्य कुनै गुनासो भएमा गुनासो सुन्ने अधिकारी वा प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क गर्न सक्नु हुनेछ ।
  • कार्यालयको वेवसाइट: daogulmi.moha.gov.np, फेसबुक पेज: @DAOGULMI वा ट्वीटर ह्याण्डल @daogulmi मा पनि हाम्रा सूचनाहरु तथा अन्य जानकारीमूलक सामग्रीहरु छन् । नागरिक बडापत्रमा सबै कामको विवरण छ । प्रजिअको फोन नं. ९८५७०१७७७७ मा समेत आफ्ना समस्याहरु राख्न सक्नु हुनेछ ।
  • हामी सदैव तपाईको राय सुझावको अपेक्षा गर्दछौ ।

पछिल्लो अपडेट गरिएको : 2083-04-04 12:04:15

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, गुल्मी