जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने कुनै पनि सेवा वापत सेवाग्राहीले अतिरिक्त शुल्क तिर्नु पर्दैन । शुल्क तिरेपश्चात् अनिवार्य रुपमा बिल वा रसीद माग्नु पर्दछ ।
कार्यालयको कामका लागि कोही कसैलाई चिन्न, भनसुन गराउन वा सोर्स लगाउन जरूरी छैन । तपाई निवेदन लेख्न सक्नु हुन्न भने तपाँईको निवेदन हामी लेखिदिनेछौ । यसका लागि कार्यालयको नागरिक सहायता कक्षमा सम्पर्क गर्नुहोस ।
हामी सबै नागरिकलाई विना भेदभाव पालैपालो ( पहिले आउनेलाई पहिले सेवा दिने गरी ) सेवा उपलब्ध गराउछौ । आफ्नो पालो पर्खेर हामीलाई सहयोग गरिदिनु हुनेछ भन्ने आशा गर्दछौ ।
यस कार्यालयका कर्मचारीसँग राम्रो सम्बन्ध छ भनी काम मिलाई वा गरी दिन्छु भन्दै बिचौलियाको काम गर्ने व्यक्तिहरुको विश्वास नगर्नुहोस । यदि कसैले त्यस्तो गरेमा कार्यालयका अधिकृतहरुलाई जानकारी दिनुहोस ।
कामसँग सम्बन्धित कागजपत्रहरु असम्बन्धित व्यक्तिहरुलाई नदिनुहोस । आफ्नो समस्या आफै निर्धक्कसाथ भन्नुहोस ।
कार्यालयका कर्मचारीहरु कानूनबमोजिम तपाईको सेवा गर्न हरदम प्रयत्नशील रहेका छन् । तपाईको सन्तुष्टि हाम्रो पनि सन्तुष्टि हो ।
स्थानीय तह वा अन्य निकायबाट सिफारिस भै आएका वा लेखिआएका काममा थप निवेदन जरुरी छैन ।
हामी ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्त र बालबालिकाका लागि प्राथमिकताकासाथ सेवा उपलब्ध गराउछौ ।
कुनै समस्या परेमा नागरिक सहायता कक्ष (हेल्प डेस्क) मा सम्पर्क गर्नुहोस । कार्यालयका कर्मचारीले कुनै काम अनावश्यक रुपमा ढीला गरिदिएमा वा अन्य कुनै गुनासो भएमा गुनासो सुन्ने अधिकारी वा प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क गर्न सक्नु हुनेछ ।
कार्यालयको वेवसाइट: daogulmi.moha.gov.np, फेसबुक पेज: @DAOGULMI वा ट्वीटर ह्याण्डल @daogulmi मा पनि हाम्रा सूचनाहरु तथा अन्य जानकारीमूलक सामग्रीहरु छन् । नागरिक बडापत्रमा सबै कामको विवरण छ । प्रजिअको फोन नं. ९८५७०१७७७७ मा समेत आफ्ना समस्याहरु राख्न सक्नु हुनेछ ।