Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गुल्मी

तम्घास गुल्मी

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गुल्मी

तम्घास गुल्मी

उजूरी गर्न सकिने सम्बन्धमा

6 महिना अगाडी

2076-10-08


वैदेशिक रोजगारमा पठाउने भनी वा अन्य कुनै बहानामा रकम उठाइ भागेमा वा ठगी गरेमा वा कुनै उजूरी गर्नुपरेमा वैदेशिक रोजगार ऐन, २०६४ को दफा २१क. मा देहायबमोजिमको य्यवस्था गरिएको छ ।

(१) उजुरी गर्न सकिने विषयमा हुलाक वा विद्युतीय माध्यमबाट समेत उजुरी गर्न सकिनेछ र त्यसरी प्राप्त भएको उजुरी विभाग वा कार्यालयले दर्ता गरी कारबाही गर्नु पर्नेछ । (२) यस ऐन बमोजिम विभाग समक्ष उजुरी गर्न सकिने विषयमा सम्बन्धित जिल्लास्थित प्रमुख जिल्ला अधिकारी समक्ष समेत उजुरी दिन सकिनेछ । (३) उपदफा (२) बमोजिम प्रमुख जिल्ला अधिकारी समक्ष परेको उजुरी इजाजतपत्र प्राप्त संस्था उपर परेकोमा सात दिनभित्र सो उजुरी विभागमा पठाउनु पर्नेछ । (४) उपदफा (२) बमोजिम कुनै व्यक्ति उपर परेको उजुरी सम्बन्धमा प्रमुख जिल्ला अधिकारीले जाँचबुझ गरी कामदार वा निजको प्रतिनिधिलाई क्षतिपूर्ति भराई दिनु पर्ने देखिएमा दुबै पक्षबीच छलफल गराई क्षतिपूर्ति भराईदिने गरी मेलमिलाप गराउन सक्नेछ र त्यसरी मेलमिलाप गराएको जानकारी विभागलाई दिनु पर्नेछ । (५) उपदफा (४) बमोजिम मेलमिलाप हुन नसकेको अवस्थामा वा उजुरीको प्रकृतिबाटै मेलमिलाप गराउन मिल्ने नदेखिएमा प्रमुख जिल्ला अधिकारीले सक्कलै उजुरी आवश्यक कारबाहीको लागि विभागमा पठाउनु पर्नेछ ।

यसर्थ यस सम्बन्धी कुनै उजूरीहरु भए निवेदन दिनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।